सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई नाबालिका छोरीको हत्या गरेकी १७ वर्षीया आमा पूर्णिमा रानामगरले ‘श्रीमानले मेरा छोरी होईनन्’ भनेपछि हत्या गरेको बयान दिएकी छिन्।
पूर्णिमाले घरको बलोमा सल बाँधेर दुईतिर छोरीहरूलाई झुन्ड्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधबार बिहान पूर्णिमाका छोरीहरु ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी घरभित्रै मृत भेटिएका थिए। अनुशन्धानका क्रममा छोरीहरुको हत्या गर्नु पूर्व उनले ‘छोरीहरू बिरामी भए’ भन्दै जेठानीलाई खबर गरेकी थिईन।
छिमेकीहरू घरमा जम्मा हुँदा दुई जना बच्चाको मृत्यु भैसकेको थियो। त्यसपछि घटनास्थल पुगेको प्रहरीले मृतकहरूको घाँटीमा डाम देखेपछि पूर्णिमालाई नियन्त्रणमा लिएको थियो। पूर्णिमाले अपराध स्विकार गरिसकेकी छिन्।