विराटनगरको होटल इस्टर्न स्टारमा भारतको बिहारस्थित पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेलापरेका छन्।
साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी भएको खुलेको छ। उनी कम्पनीका अन्य कर्मचारीसहित कार्यक्रममा भाग लिन विराटनगर आएको खुलेको छ।
बुधबार साँझ कक्टेल डिनर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए। होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
धेरै मदिरा सेवन गरेका कारण साहको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।