Meta Title --> क्यानडामा सडक दुर्घटनामा परी खोटाङका युनेश गिरीको मृत्यु

क्यानडामा सडक दुर्घटनामा परी खोटाङका युनेश गिरीको मृत्यु


 क्यानडामा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ।

क्यानडाको ब्राम्टनमा बस्दै आएका खोटाङ घर भएका युनेश गिरीको मंगलबार राती दुर्घटनामा मृत्यु भएको हो।

घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो। घाईते गिरीको स्थानीय समय अनुसार मंगलबार राती साढे १० बजे मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिए।

सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका युनेशको शव उनकोदाहसंस्कारका लागि नेपाल ल्याउने तयारी भइरहेको छ।

Previous Post Next Post