पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै ४ वटा सिलिन्डर बम भेटिएको छ।
राजमार्गमा गाडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ। उक्त बम द्वन्द्वकालकै भएको मोरङका प्रहरी डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा बम रहेको सूचना आएको थियो। राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ डीएसपी जोशीले बताए।