Meta Title --> रवि लामिछानेले ६५ लाख धरौटी बुझाए पनि देखिएन फाईदाः फेरी पक्राउ पर्न सक्ने यस्ता छन कारण 😥

रवि लामिछानेले ६५ लाख धरौटी बुझाए पनि देखिएन फाईदाः फेरी पक्राउ पर्न सक्ने यस्ता छन कारण 😥




 करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

लामिछानेसहित ६३ जनालाई प्रतिवादी बनाइएको सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी मागिएको छ।

गत कात्तिक २ गते काठमाण्डूस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध गत पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।

Previous Post Next Post