Meta Title --> ३ वर्षीया बालिकाको हत्या गरी घाँस राख्ने टहरामा शव लुकाएका १२ वर्षीय बालक पक्राउ

३ वर्षीया बालिकाको हत्या गरी घाँस राख्ने टहरामा शव लुकाएका १२ वर्षीय बालक पक्राउ


  जाजरकोटमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्।

बारेकोट गाउँपालिका– ७, स्यालामा ९ माघको राति करिब १० बजे बालिकाको घाँटी रेटी हत्या गरेको आरोपमा बारेकोट– ६, ताँसीका बालक पक्राउ परेका हुन।

प्रहरीले १० माघको विहान करिव ५ बजे बालकलाई घरबाटै पक्राउ गरेको हो। उनले बालिकाको हत्या गरी घाँस राख्ने टहरामा शव लुकाइएका थिए। बालकलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।

इन्स्पेक्टर दिनेश तिमिल्सिनाका अनुसार प्रहरीले हत्यामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ।

Previous Post Next Post