Meta Title --> रवि छुटाउने बहसमा पनि राजनीति, धरौटीमा छुटे सत्ता ढल्ने

रवि छुटाउने बहसमा पनि राजनीति, धरौटीमा छुटे सत्ता ढल्ने


 सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सात जनाको थुनछेक बहस कास्की जिल्ला अदालतमा धमाधम भइरहेको छ । बिहीबारसम्म अभियोजनकर्ता र सहकारी पीडित (जाहेरवाला) का वकिलहरुको बहस सकिएसँगै आज (शुक्रबार)देखि प्रतिवादीतर्फका वकिलहरुको बहस सुरु भएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सात जनाको थुनछेक बहस कास्की जिल्ला अदालतमा शुक्रबारदेखि सुरु भएको छ । बुधवार अभियोजनकर्ता सरकारी वकिल कार्यालयलका वकिलहरुको बहस सकिय पछि विहीवार पीडित पक्ष (जाहेरवाला) तर्फका वकिलहरुले बहस गरेका थिए ।जाहेरवालाको तर्फबाट बहसका लागि नाम चलेका वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी काठमाडौंबाट पोखरा पुगेकाथिए । उनीहरुले विहीवार पीडितका पक्षबाट बहस गर्दै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्दा प्रमाण नष्ट गर्ने र पीडितको अधिकार खोसिने जिकिर गरेका थिए ।


Previous Post Next Post