पेट्रोलियम अन्वेषणमा नेपालको पहिलो पाइला सफल भएको छ । नेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ ।