Meta Title --> भाषण सकेर मञ्चबाट ओर्लिने वित्तिकै लडेका वडाध्यक्षको हर्टअट्याक भएर मृत्यु

भाषण सकेर मञ्चबाट ओर्लिने वित्तिकै लडेका वडाध्यक्षको हर्टअट्याक भएर मृत्यु


 पूर्वीनवलपरासीको कावासोती नगरपालिका– १ का अध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिवसमेत रहेका ३७ वर्षका वडाध्यक्ष तवारक अहमद मियाँको मृत्यु भएको हो।

राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा आयोजना गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ लडपेका थिए। उतलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो।

उपचारका क्रममा दिउँसो करिव पौने ३ बजे उनको मृत्यु भएको हो। वडाध्यक्ष मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन्। मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित भएको छ।

Previous Post Next Post