Meta Title --> झापामा कुकुरले टोकेर ७ वर्षीय बालकको मृत्यु, अस्पताल फेर्दा फेर्दै ज्यान गयो

झापामा कुकुरले टोकेर ७ वर्षीय बालकको मृत्यु, अस्पताल फेर्दा फेर्दै ज्यान गयो


  झापामा डेढ महिनाअघि कुकुरले टोकेका ७ वर्षीय बालकको मृत्यु भएको छ। संखुवासभा चैनपुर नगरपालिका– ७ घर भई कन्काई नगरपालिका–२, सुकेडाँगीमा डेरा गरेर बस्ने कुमार रम्तेलका छोरा प्रकाशको मृत्यु भएको हो।

कुकुरले टोकेपछि उपचार नगराउँदा उनको मृत्यु भएको जनाईएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बालकलाई डेढ महिनाअघि नै कुकुरले टोकेको थियो। तर, उनलाई एन्टी रेबिजको औषधि दिइएको थिएन्।

कुकुरले टोके पनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेको अभिभावकले बताएका छन्। तर, शुक्रबार भने बालकको स्वास्थ्यमा एक्कासी समस्या दखिएको थियो। त्यसपछि उनलाई सुरुमा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।

Previous Post Next Post