Meta Title --> बलात्कार मुद्दामा कसुर प्रमाणित भएपछि फरार भएका लहानका वडा सदस्य पक्राउ, १४ वर्ष कैद बस्नु पर्ने

बलात्कार मुद्दामा कसुर प्रमाणित भएपछि फरार भएका लहानका वडा सदस्य पक्राउ, १४ वर्ष कैद बस्नु पर्ने

 

बलात्कार मुद्दामा दोषी ठहर भएपछि ‘फरार’ रहेका सिराहाको लहान नगरपालिकाका एक जना वडासदस्यलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएर सजाय भुक्तान गर्न कारागार पठाएको छ।

१४ वर्ष कैद सजाय र २५ हजार जरिवाना तोकिएका लहान नगरपालिका–२४, गोविन्दपुरका वडासदस्य करिब ४५ वर्षीय भोगिन्दर पासमान (भोगी) सोमबार कारागार चलान भएका हुन। उनलाई प्रहरीले लहान– १० बाट पक्राउ गरेर सिराहा जिल्ला अदालतमा उपस्थित गराएको थियो।

०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडासदस्य निर्वाचित भएका पासमानलाई उच्च अदालत जनकपुर राजविराज इजलासको ८ फागुन ०८० को फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले वताए।

Previous Post Next Post