Meta Title --> ‘चुम्वन किङ’ उदित : जसले चर्चित गायिका श्रेया घोषाल, अलका याग्निक र नायिका करिश्मा कपूरलाई पनि छोडेनन्

‘चुम्वन किङ’ उदित : जसले चर्चित गायिका श्रेया घोषाल, अलका याग्निक र नायिका करिश्मा कपूरलाई पनि छोडेनन्


 



  लाईभ कन्सर्टमा महिला फ्यानलाई ओठमै चुम्वन गरेका कारण ६९ वर्षीय गायक उदित नारायण अहिले सामाजिक सञ्जालमा चर्चाका विषय बनेका छन्।

उनले फ्यानलाई ओठमा चुम्वन गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ। कन्सर्टमा आफ्नो सुपरहिट टिप टिप बर्सा पानी’ बोलको गीत गाइरहेका बेला एक महिला फ्यान (युवती) सेल्फी खिच्न उनीनजिक आउँछिन्।

सेल्फी लिएपछि महिला फ्यानले उदित नारायणको गालामा चुम्बन गर्छिन्। त्यसपछि उदित नारायणले महिला फ्यानको ओठमा चुम्बन गर्छन्। त्यस अघि पनि उनले केही अन्य महिला फ्यानलाई अँगालो हाल्ने र चुम्बन गर्ने गरिरहेका थिए।

यही भिडिओ अहिले भाईरल भईरहेको छ। तर उदित नारायणले स्टेजमा कसैलाई चुम्बन गरेको यो पहिलो घट्ना भने होइन। चुम्बन उनको कमजोरी नै हो। चुम्वनकै कारण यसअघि पनि उनी विवादमा पर्दै आएका छन्।

Previous Post Next Post