Meta Title --> सरस्वतीको मुर्ति सेलाउँदा बाग्मतीमा डुवेर युवकको मृत्यु, माछा मार्ने जालमा पारेर निकालियो शव

सरस्वतीको मुर्ति सेलाउँदा बाग्मतीमा डुवेर युवकको मृत्यु, माछा मार्ने जालमा पारेर निकालियो शव


 रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। राजदेवी नगरपालिका–७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर मृत्यु भएको हो।

मंगलबार सरस्वतीको मूर्ति विर्सजन गर्न राजदेवी नगरपालिका–८ स्थित बाग्मती नदीमा गएका उनी डुबेर वेपत्ता भएका थिए। मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरे पनि आज बिहान शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायका अनुसार डुबेकै स्थानमा युवकको फेला परेको हो। माछा मार्ने जालमा पारेर शव निकालिएको प्रहरीले जनाएको छ।

Previous Post Next Post