Meta Title --> सप्तकोशीमा रुखबाट लडेर एक जनाको मृत्यु

सप्तकोशीमा रुखबाट लडेर एक जनाको मृत्यु


 सप्तरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। सप्तकोशी नगरपालिका– ४, तुलसी चौकका ५५ वर्षीय दिर्घदल वस्नेतको मंगलबार लडेर मृत्यु भएको हो।

विहानै घाँस काट्न जंगल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलास सुरु भएको थियो। खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए।

रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको थियो। उनी विहान करिव १० बजे तिर नै रुखबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ।

वस्नेतको आज दाहसंस्कार गरिएको छ। मृतक वस्नेतका श्रीमती ३ छोरी र १ छोरा छन्। एक छोरीको विवाह भईसकेको छ भने २ छोरी र १ छोरा अविवाहित छन्। १५ वर्षीय छोराको बोलीमा समस्या रहेको जनाईएको छ।

Previous Post Next Post