Meta Title --> मोरङमा वडाध्यक्षको भैँसी मर्दा कर्मचारीलाई कारवाही, क्षतीपूर्ति माग्दै प्रहरीमा उजुरी

मोरङमा वडाध्यक्षको भैँसी मर्दा कर्मचारीलाई कारवाही, क्षतीपूर्ति माग्दै प्रहरीमा उजुरी


 मोरङको केराबारी गाउँपालिका– ३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेपछि गाउँपालिकाको पशुपंछी शाखाका प्रमुख सहदेव साह कारवाहीमा परेका छन्।

विरामी भैँसीलाई गलत तरिकाले औषधि गरेको आरोपमा साहलाई बिहीबारबाट हाजिर गर्न रोक लगाई घट्नाको छानविन सुरु गरिएको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले बताए। छानविनका लागि कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको ३ सदस्यीय समिति गठन गरिएको छ।

साहले उपचार गर्दै गरेको शाहीको भैसी गत मंगलबार मरेको थियो। त्यसपछि वडाध्यक्षसहितको एउटा टोली बिहीबार गाउँपालिकामा ‘डेलिगेसन’ गएको थियो। टोलीले क्षतिपूर्ति माग्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिएको छ।

Previous Post Next Post