Meta Title --> टर्कीमा मदिरा सेवनका कारण ३३ जनाको मृत्यु, ३२ जना पक्राउ

टर्कीमा मदिरा सेवनका कारण ३३ जनाको मृत्यु, ३२ जना पक्राउ


 टर्कीमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ। राजधानी अङ्कारामा भएको यो घट्नामा अन्य २० जना सिकिस्त छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

त्यहाँका मिडियाहरुले उल्लेख गरे अनुसार टर्कीमा सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन बढेको छ। अवैध रुपमा उत्पादन हुने त्यस्तो मदिरामा धेरै विषादी समावेश हुँदै आएको छ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार विषाक्त मदिरा आपूर्ति गरेको आशंकामा ३२ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ। अंकारा प्रान्तीय गभर्नरको कार्यालयले मंगलबार विषाक्त रक्सीको प्रयोगविरुद्ध सार्वजनिक चेतावनी जारी गरेको थियो।

Previous Post Next Post