Meta Title --> झापामा केटी लिएर होटलमा बसेका युवकको राति नै मृत्यु, केटीसहित दुई जना पक्राउ

झापामा केटी लिएर होटलमा बसेका युवकको राति नै मृत्यु, केटीसहित दुई जना पक्राउ


  झापामा केटी लिएर होटलमा बसेका एक युवकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एन्ड लजमा हल्दिबारी गाउँपालिका–१, गोल्धापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको हो।

उनी गएराति धरान उपमहानगरपालिका–१५ घर भई कनकाई नगरपालिका–७, दुर्गापुर बस्दै आएकी २३ वर्षीया मुना विकलाई लिएर उक्त होटलमा गएका थिए। उनी सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस भएको जनाईएको छ।

राति करिब साढे १ बजे उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेती र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Previous Post Next Post