काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छिन्।
बर्दिया घर भएकी प्रहरी जवान २३ वर्षीया निशा चौधरी बुधबार करिव साढे ११ बजे महिला ब्यारेकको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।
उनले झुण्डिएर आत्महत्या गरेको देखिए पनि सुसाइड नोट या अन्य शंकास्पद बस्तु नभेटिएको प्रहरीले जनाएको छ।
विहान ५ बजे शालीनदी मेलाको ड्युटीमा गएकी हुन विहानको खाना खान व्यारेक पुगेकी थिईन। उनीसँगै व्यारेकको एकै कोठामा थप दुई महिला प्रहरी बस्ने गरेका थिए। अरुले शालीनदी मेला व्यवस्थापन समितिको मेसमा खाना खाए। तर, चौधरीले त्यहाँको खाना नखाई व्यारेकमै खाने भनी गएकी थिइन्।