चितवनको सहारा सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएकै दिन सरकारी वकिलको कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुईँटेलको सरुवा भएको छ।
दिउँसो रविविरुद्ध मुद्दा दर्ता गराएका लुइँटेलले साँझ करिब सात बजे काज सरुवाको पत्र पाएका हुन। लुँईटेलले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा रविसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दर्ता गराएका थिए।
रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको छ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएपछि रविलाई चाहिँ किन संगठित अपराधमा मुद्दा चलाईएन भन्ने विषयमा प्रश्न उठेको थियो। लगत्तै लुईटेलले सरुवाको पत्र पाएका हुन।