सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।
गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी अनिल कुमार खड्काले जानकारी दिए ।