Meta Title --> चुम्बन काण्डको बदनामी सेलाउन नपाउँदै ‘मालावी काण्ड’ ले पार्टीमा आलोचित हुँदै एमाले सचेतक सुनिता बराल

चुम्बन काण्डको बदनामी सेलाउन नपाउँदै ‘मालावी काण्ड’ ले पार्टीमा आलोचित हुँदै एमाले सचेतक सुनिता बराल


 गत असोजमा चुम्बन काण्डले चर्चामा आएकी सत्तारुढ दल नेकपा एमालेकी सांसद तथा एमाले सचेतक सुनिता बराल पार्टीलाई जानकारी नै नदिई अफ्रिकी मुलुक मालावी पुगेपछि फेरी चर्चामा आएकी छिन्।

उनी १७ माघको बेलुका करिव ६ बजे कतार एअरको उडानबाट दोहा हुँदै मालावी पुगेको उनी निकट स्रोत बताउँछ। तर, यसको जानकारी उनले पार्टी तथा संसदिय दलमा समेत दिएकी छैनन्। शुक्रबार संघीय संसद्को ‘हिउँदे अधिवेशन’को पहिलो बैठक बस्ने भएपछि उनको खोजी सुरु भएको थियो।

प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख सचेतक र सचेतकबीच छलफल गर्ने प्रचलन छ। तर, हिउँदे अधिवेशनको पहिलो बैठकमै एमाले सचेतक बरालसँग सम्पर्कमा नभएपछि संसद् भवन परिसरमा उनको खोजी भएको थियो।

Previous Post Next Post