Meta Title --> टेण्डरको विषयमा विवाद हुँदा बाउछोरा मिलेर कवाड व्यवसायीमाथि रडले हानेर निर्घात कुटपिट

टेण्डरको विषयमा विवाद हुँदा बाउछोरा मिलेर कवाड व्यवसायीमाथि रडले हानेर निर्घात कुटपिट


 जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा कजाड व्यवसायीमाथि निर्घात कुटपिट भएको छ।

बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेशप्रसाद यादवलाई ४÷५ जनाको समुहले शनिवार दिउँसो रड प्रहार कुटपिट गरेको हो। सामुहिक आक्रमणबाट यादव गम्भिर घाईते छन्।

जनकपुरमा प्राथमिक उपचार गरी थप उपचारका लागि उनलाई ललितपुरको बीएण्डबी अस्पताल रिफर गरिएको छ। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१३, पीडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोराहरु २४ वर्षीय तुल्सी साह, १९ वर्षीय अमित साह र १९ वर्षीय सुभाष साह तथा भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहलाई पक्राउ गरेको।

Previous Post Next Post