Meta Title --> आश्चर्यजनक अवस्थामा कांग्रेस सभापतिको मृत्यु, सडक पेटीमा भेटियो शव

आश्चर्यजनक अवस्थामा कांग्रेस सभापतिको मृत्यु, सडक पेटीमा भेटियो शव


  कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान करिव पौने ८ बजे सडक पेटीमा कलौनीको शव फेला परेको हो।

१८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक उनको शव घोप्टो परेको अवस्था फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार शव हेर्दा हिँड्दाहिँड्दै लडेको जस्तो देखिन्छ।

शरीरमा कुनै चोटपटक नदेखिएकाले उनको मृत्युको कारणबारे अनुसन्धान भईरहेको जोशीले जानकारी दिए। सोही क्षेत्रमा घर रहेका कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए।

Previous Post Next Post