Meta Title --> एनपीएल पहिलो खेलः विराटनगर किङ्स कहाँ चुक्यो?

एनपीएल पहिलो खेलः विराटनगर किङ्स कहाँ चुक्यो?

नेपाली क्रिकेटको फेस्टिबल नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु भयो। नेपाली क्रिकेटको घर त्रिवि क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा लेग स्पिनर किङ सन्दीपको कप्तानीमा भएको विराटनगर पहिलो खेलमा नै कमजोर बन्न पुग्यो।

प्रतियोगिताअघि न्यूजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिल अनुबन्ध हुँदा धेरै चर्चा पाएको विराटनगर ब्याटिङमा कमजोर बन्न पुग्यो। उसो त आजको खेलमा विराटनगरको बलिङ पनि चल्न सकेन। त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गर्न असहज भएको बताउने गुप्टिलले नै टिमको रन स्कोर सहज बनाइ दिएका थिए।


Previous Post Next Post