सिरहा नगरपालिका- ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन्। उनीसंगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन्।