कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेविरूद्ध अरू ४ जिल्लामा पनि मुद्दा चलाउने तयारी गरिएको छ।
पोखरामा जस्तै चितवन, रुपन्देही, काठमाडौं र पर्सामा पनि सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको भन्दै सहकारी पीडितले दिएको जाहेरीका आधारमा मुद्दा चलाउने तयारी गरेका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जहाँ-जहाँ अपराध भएका छन्, ती सबै ठाउँमा मुद्दा चल्ने बताइन्।
‘कास्कीमा सूर्यदर्शन सहकारीका विषयमा हामीले आज मुद्दा दायर गर्यौं, अरू जिल्लामा भएका ठगीका विषयमा त्यही जिल्लाबाट मुद्दा चल्छ,’ उनले भनिन्, ‘त्यही भएर ती जिल्लाहरूमा पनि बयान भएका छन् नि।’