Meta Title --> झापाका छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

झापाका छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु


 झापाको दमक र शिवसताक्षीमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–१० को भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई घाइते भएका थिए ।

उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

Previous Post Next Post