Meta Title --> आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ!

आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ!


 रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो। 

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

Previous Post Next Post