धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा मंसिर २३ गते विहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेटमा रहेका चालक तथा सहचालकको खोजी कार्यमा गोताखोर सहितको सशस्त्र प्रहरी परिचालन भएको छ ।
चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।