नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससँग लुम्बिनी लायन्स पराजित भएको छ। लुम्बिनी जनकपुरविरूद्धको खेलमा १ रनले पराजित भएको हो।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जनकपुरले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । योसँगै लुम्बिनीले एनपीएल लगातार चौथो हार व्यहोरेको छ।