Meta Title --> किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ

किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ


 रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथी लिखत सम्बन्धी कसूर अन्तर्गत  रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

Previous Post Next Post