राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र निकिता पौडेललाई विवाहका लागि ऋण दिने काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीका तक्कालिन अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्।
प्रहरीले सहकारीका पूर्वअध्यक्ष भरत जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहाललाई पक्राउ गरेको छ। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यो सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन्। निकिता ०७५ सालदेखि ०७९ सालसम्म उपाध्यक्षमा थिईन। उनले सहकारीबाट आफुले ०७७ सालमै राजिनामा दिएको दावी गरेकी छिन्। तर, उनको राजिनामा ०८० मा मात्रै स्विकृत भएको देखिन्छ।
