Meta Title --> विवाहको १२ वर्षपछि आमा बनिन् बलिउड अभिनेत्री राधिका आप्टे

विवाहको १२ वर्षपछि आमा बनिन् बलिउड अभिनेत्री राधिका आप्टे


 बलिउड अभिनेत्री राधिका आप्टे विवाहको १२ वर्षपछि आमा बनेकी छिन् । हालै उनले छोरीलाई जन्म दिएको उनले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै यो जानकारी दिएकी हुन् । राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् ।

वास्तवमा राधिका आप्टेले आफ्नी छोरीलाई स्तनपान गराउँदै गरेको तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यो तस्बिरमा उनी ल्यापटपमा काम गरिरहेकी छिन् भने त्यही क्रममा छोरीलाई स्तनपान पनि गराइ रहेकी छिन् । क्याप्सनमा उनले लेखेका छन्, ‘बच्चा जन्मेको एक हप्तापछि पहिलो भेट।’

Previous Post Next Post