लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्।
उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ।