Meta Title --> सोनाम ल्होसारको अवसरमा यी ठाउँहरूमा दिए सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा यी ठाउँहरूमा दिए सार्वजनिक बिदा


 तामाङ समुदायको मुख्य पर्व ल्होसारको अवसरमा सिन्धुलीका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन् । तामाङ समुदायको मुख्य पर्व ल्होसारको २८६१ औँ सोनाम ल्होसारको अवसरमा जिल्लाको कमलामाई नगरपालिकाले सुनकोशी र गोलन्जोर गाउँपालिकाले एक दिन माघ १८ गते सार्वजनिक बिदा दिएका हुन् ।

 कमलामाई नगरपालिकाले आज सूचना निकालेर माघ १८ गते नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरु र शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । सुनकोशी गाउँपालिकाले हिजो आईतार सूचना निकालेर गाउँपालिकामा तामाङ समुदायको बाहुल्य बसोबास रहेकाले माघ ९ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार माघ १८ गते स्थानीय बिदा दिइएको जनाएको छ ।

Previous Post Next Post