Meta Title --> सीडीओ कार्यालयमा १० हजार धरौटी बुझाएर छुटे लगत्तै आशिका तामाङ फेरी पक्राउ

सीडीओ कार्यालयमा १० हजार धरौटी बुझाएर छुटे लगत्तै आशिका तामाङ फेरी पक्राउ


 आफुलाई सामाजिक अभियान्ता बताउँने आशिका तामाङ आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रिहा भए लगत्तै पक्राउ परेकी छिन्। अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको थियो।

तामाङ २ माघदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्। २५ पुसमा पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन्। जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सीडीओ कार्यालयमा पेश गर्दा उनी धरौटीमा रिहा भएकी थिईन।

तर, छुटेलगत्तै गौशाला प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ। भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएकाले पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार तामाङ विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

Previous Post Next Post