Meta Title --> मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ

मार्सी धानको मूल्य प्रति केजी १२० रुपैयाँ


 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद गर्न थालेको छ । प्रति क्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको अध्यक्षतामा रहेको स्थानीय खरिद समितिले प्रतिकेजी १२० रुपैयाँमा मार्सी धान खरिद गर्न मिल्ने मूल्य तोकेको हो ।

जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग बाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मुल्य समायोजन गरेर धानको मुल्य तोकिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए ।

Previous Post Next Post